अमेरिकालाई पछि पार्दै स्वर्ण जितेकी दुई लाख कम जनसंख्या भएको सेन्ट लुसियाकी जुलियन अलफ्रेड।

खेलकुद

ओलम्पिकको शीर्ष स्थानका लागि अमेरिका र चीनको लडाइँ

By मनोज घिमिरे

August 04, 2024

पेरिस ओलम्पिकमा शीर्ष स्थानका लागि अमेरिका र चीन बिचको प्रतिस्पर्धात्मक लडाइँ जारी छ। शनिबारको खेल सकिँदा चीन १६ स्वर्ण पदकका साथ पहिलो स्थानमा छ भने अमेरिका १४ स्वर्ण पदकका साथ दोस्रो स्थानमा छ। शनिबार अमेरिकी टोलीलाई केही धक्का भने लागेको छ।

सेन्ट लुसियाकी जुलियन अलफ्रेडले अमेरिकी साकारी रिचर्डसनलाई स्तब्ध पार्दै यो वर्षको तेज महिला बनेकी छिन्। सो स्पर्धामा अमेरिकी मेलिसा जेफरसन दोस्रो स्थानमा सीमित भइन्।

अलफ्रेड लेन्ट लुसियाको पहिलो ओलम्पिक पदक विजेता हुन्। सेन्ट लुसिया दुई लाख भन्दा कम जनसङ्ख्या भएको क्यारेबियन टापु हो। यस भन्दा अघिको सात ओलम्पिक संस्करणमा सेन्ट लुसियाले कुनै पदक जितेको थिएन। उनले आफ्नो दिवङ्गत बाबुले भगवानको रूपमा दिएको आर्शिवादले जित सम्भव भएको प्रतिक्रिया दिएकी छन्। टेक्ससमा उनी एडरिक फ्लोरसँग प्रशिक्षण गरीरहेकी छिन्। उनले खेलको अगाडि पनि आफ्नो आदर्श खेलाडी युसेन बोल्टको भिडियो हेरेकी थिइन्।

सेन्ट लुसियाकी जुलियन अलफ्रेडले अमेरिकी साकारी रिचर्डसनलाई स्तब्ध पार्दै यो वर्षको तेज महिला बनेकी छिन्। सो स्पर्धामा अमेरिकी मेलिसा जेफरसन दोस्रो स्थानमा सीमित भइन्।

त्यसको केही समय अघि मात्र अमेरिकालाई पछि पार्दै नेदरल्यान्ड्सले चार सय मिटर रिलेको स्वर्ण पदक जितेको थियो। सो स्पर्धामा बेलायतले कास्य पदक जित्यो। महिला ट्रिपल जम्पका डोमिनिक गणतन्त्रकी लाफोन्ड थियाले स्वर्ण, जमैकाकी रिकेट सानियकाले रजत तथा अमेरिकी मोरे जस्मिनले कास्य पदक जिते। पुरुष सट पुटमा भने अमेरिकाका रेन क्रुजरले उपाधिको रक्षा गरे। अमेरिकाका ज्याक कोभाकले रजत तथा जमैकाका रजिन्द्र क्याम्बेलले कास्य पदक जिते।

पौडीको पुरुष सय मिटर बटरफ्लाइमा हंगेरीका क्रिस्टोफर मिलाकले स्वर्ण तथा क्यानडाका जोस लियोन्डी र इलिया खारुनले कास्य पदक जिते।

महिलाको दुई सय मिटर व्यक्तिगत मेड्लीमा क्यानडाकी समर म्याकन्टोसले स्वर्ण तथा अमेरिकाका केटी डगलसले रजत पदक जिते। सो स्पर्धामा अस्ट्रेलियाकी केली म्याककोनले कास्य पदक जितिन्। म्याकन्टसले तेस्रो व्यक्तिगत स्वर्ण पदक हो। उनको सफलतासँगै ओलम्पिकको महिला मेड्ली स्पर्धामा दुई सय र चार सय मिटरमा एकै व्यक्तिले स्वर्ण पदक जित्ने क्रम सन् १९९६ देखि अहिलेसम्म यथावतै रहेको छ।

महिला आठ सय मिटरमा अमेरिकाकी केटी लेडेकीले स्वर्ण, अस्ट्रेलियाकी एरियन टिटमसले रजत तथा अमेरिकाका पेगी माडेनले कास्य पदक जिते। लेडेकीको यस ओलम्पिकमा दोस्रो व्यक्तिगत स्वर्ण पदक हो। साथै कुल नवौँ ओलम्पिक स्वर्ण पदक हो। साथै उनी एउटै स्पर्धामा लगातार चार संस्करण जित्ने पहिलो महिला पौडीबाजको रूपमा कीर्तिमान राख्न पनि सफल भएकी छन्।

सन् २०१२ को लन्डन ओलम्पिकमा १५ वर्षको उमेरमा आठ सय मिटरमा स्वर्ण पदक जितेकी लेडेकीले त्यसयता लगातार जित्दै आएकी छन्। सन् २०१६ मा उच्च फर्ममा रहेकी लेडेकीले दुई सय, चार सय र आठ सय मिटरको स्वर्ण जितेकी थिइन्। सो संस्करणमा उनले आठ सय मिटर फ्रिस्टाइल रिलेको स्वर्ण तथा चार सय मिटर फ्रिस्टाइल रिलेको रजत पदक समेत जितेकी थिइन्। सो संस्करणसम्म १५०० मिटर भने ओलम्पिकमा समावेश थिएन।

पौडीको सय मिटर मिश्रित मेड्ली रिलेमा अमेरिकाले विश्व कीर्तिमानसहित स्वर्ण पदक जित्यो। सो स्पर्धामा बेलायतले टोकियो ओलम्पिकमा राखेको विश्व कीर्तिमान भन्दा कम समयमा दुरी पुरा गरेको चिन दोस्रो तथा अस्ट्रेलिया तेस्रो भयो।

सो रेसमा अमेरिका र चीनका आठ जनाले नै उत्कृष्ट प्रदर्शन गरे। ब्याकस्ट्रोकमा दुवैले पुरुष पौडीबाज उपयोग गरेका थिए। चीनका जीयाउ झाउलाई अमेरिकाका रेन मर्फीले पछि पार्दै टोलीलाई अग्रता दिलाएका थिए। मर्फीको लेडमा पौडिएको समय व्यक्तिगत इभेन्टमा स्वर्ण पदक विजेता इटालीका थोमस केकनको समय भन्दा कम थियो।

ब्रेस्ट स्ट्रोकमा चीनका जीयान जीङ लयमा फर्किएका थिए। चिनियाँ अग्रतालाई अमेरिकाका एकलकी रजत पदकधारी तथा सो इभेन्टको विश्व कीर्तिमान धारी ग्लेटचन वाल्स फ्लाइ लेगमा पार गरिन्। चिनियाँ पौडीबाजले सो लेगमा अमेरिकालाई धेरै अघि रहन दिइनन्।

टरी हस्कले अन्त्यमा अमेरिकालाई स्वर्ण पदक दिलाइन्। यस ओलम्पिकमा अन्य अमेरिकी पौडीबाज असफल भइरहेको समयमा हस्कले भने शानदार प्रदर्शन गरेकी छिन्। उनले महिलाको चार सय मिटर फ्रिस्टाइल रिलेमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। सय मिटर बटरफ्लाईमा स्वर्ण पदक जितेकी उनले सय मिटर फ्रिस्टाइलमा रजत पदक जितिन्। उनको अब एक स्पर्धा बाँकी छ।

फेन्सिङको महिला टिम साब्रेमा युक्रेनले स्वर्ण, दक्षिण कोरियाले रजत तथा जापानले कास्य पदक जिते। जुडोको मिश्रित टिम इभेन्टमा फ्रान्सले स्वर्ण, जापानले रजत तथा दक्षिण कोरियाले कास्य पदक जिते। ब्याडमिन्टनको महिला युगमा चीनका चेन लीयाले स्वर्ण तथा लिउ र टानले कास्य पदक जिते। जापानका पात्सुयामा र सिदाले कास्य पदक जिते।

जिम्न्यास्टिकको पुरुषको फ्लोरमा फिलिपिन्सका कार्लो एड्रियन युरोले स्वर्ण, इजरायलका आर्यन डोग्लोपायटले रजत तथा बेलायतका जेक जरमानअमले कास्य पदक जिते। जिम्न्यास्टिकको महिला भोल्टमा अमेरिकाकी सिमोन वाइल्सले स्वर्ण, ब्राजिलकी रेकेबा अन्ड्राइडले रजत तथा अमेरिकाकी जेड क्यारीले कास्य जिते।

पुरुषको पामेल हर्समा आयरल्यान्डका राइस म्याकघालेनले स्वर्ण, काजकिस्तानका नारिमान कुर्जामोभले रजत तथा अमेरिकाका स्टोफन नेड्जोसोरिकले कास्य पदक जिते। टेनिसको महिला एकलमा चीनकी जेङ इङ क्वेलने स्वर्ण, क्रोएसियाकी डोना भर्किकले रजत तथा पोल्यान्डकी इगा स्वातेकले कास्य पदक जिते।

बाइल्सको पेरिस ओलम्पिकमा यो तेस्रो स्वर्ण पदक हो। साथै उनको यो सातौँ ओलम्पिक स्वर्ण समेत हो। सुटिङको पुरुष स्किटमा अमेरिकाका भिन्सेन्ट हानककले स्वर्ण पदक जिते। सोही टोलीका कोनर लिनरले रजत तथा ताइपेइका लिइ मेङले कास्य पदक जिते।

रोइङको महिला एकल स्क्रल्समा नेदरल्यान्ड्सकी क्यारोलीन फोर्जोलीनले स्वर्ण, न्युजिल्यान्डको एमा ट्वीङले रजत तथा लिथुवानियाकी भिक्टोरिया सेनकुटले कास्य पदक जिते। सुटिङको २५ मिटर एयर पिस्तोलको महिलामा दक्षिण कोरियाकी वाङ जिनले स्वर्ण, फ्रान्सकी क्यामलिन जेड्रेवेस्कीले रजत तथा हंगेरीकी युभेरोनिका मेजरले कास्य पदक जिते।

रोइङ एकल स्क्रुल्स पुरुषमा जर्मनीका ओलिर जेडरलरले स्वर्ण, आप्रवासी टोलीका योहुनी जलाटीले रजत तथा नेदरल्यान्ड्सका सिमोन भानले कास्य पदक जिते। रोइङको महिला एटमा रोमानियाले स्वर्ण, क्यानडाले रजत तथा बेलायतले कास्य पदक जिते। रोइङको पुरुष एटमा बेलायतले स्वर्ण, नेदरल्यान्ड्सले रजत तथा अमेरिकाले कास्य पदक जिते।

सेलिङको महिलाविन्ड सर्फिङमा इटालीले स्वर्ण, इजरायलले रजत तथा बेलायतले कास्य पदक जिते। पुरुषकै विन्ड सर्फिङमा इजरायलले स्वर्ण, अस्ट्रेलियाले रजत तथा नेदरल्यान्ड्सले कास्य पदक जिते।

टेबल टेनिसको महिला एकलमा चीनले स्वर्ण र रजत पदक जितेको छ भने जापानले कास्य पदक जितेको छ। आर्चरीको महिला एकलमा दक्षिण कोरियाका किम ये सिनले स्वर्ण तथा नाम सुयेनले रजत पदक जिते। फ्रान्सका लिसा बारेबेनले कास्य पदक जिते।

स्रोतः ओलम्पिक, बिबिसी