धर्म / संस्कृति

गुँला पर्व आज समापन गरिँदै (तस्बिरहरू)

By खबरहब

September 04, 2024

काठमाडौं– नेवार समुदायले एक महिनासम्म मनाउने गुँला पर्व आज सकिँदैछ । चान्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि सुरु भएको पर्व भाद्र शुक्ल प्रतिपदाका दिन समापन गरिन्छ ।

नेवारी समुदाय, विशेषगरी बुद्ध धर्मका अनुयायीले एक महिनासम्म यो पर्व धूमधामका साथ मनाउने गर्दछन् ।

पर्वको अन्तिम दिन स्वयम्भू महाचैत्यमा बजगजासँगै नेवार समुदायका मानिसहरु जम्मा हुने गर्दछन् ।