क्रिकेट

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको फराकिलो जित

By खबरहब

September 04, 2024

काठमाडौं – स्कटल्याण्डविरुद्धको टि–२० सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले सानदार जित निकालेको छ । बुधबार भएको खेलमा अस्ट्रेलियाले स्कटल्याण्डलाई सात विकेटले पराजित गरेको हो ।

सुरुमा ब्याटिङ गरेको घरेलु टोली स्कटल्याण्डले २० ओभरमा ९ विकेट गुमाउँदै १५४ रन बनाएको थियो । १५५ रनको लक्ष्य पछ्याएको पाहुना टोली अस्ट्रेलियाले ६२ बल बाँकी रहँदै ३ विकेट गुमाएर पूरा गर्यो ।

अस्ट्रेलियाका लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ८० रन बनाए । २५ बलको सामना गरेका हेडले १२ चौका र ५ छक्का प्रहार गरे । त्यस क्रममा उनले १७ बलमा अर्धशतक समेत प्रहार गरे ।

त्यस्तै कप्तान मिचेल मार्शले १२ बलमा ५ चौका र ३ छक्कासहित ३९ रन बनाए । त्यस्तै जोस इङ्ग्लिसले २७ रन बनाए । स्कटल्याण्डका लागि मार्क वाटले २ तथा ब्रेन्डन म्याकमुलनले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्याण्डका लागि जर्ज मुन्सेले १६ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक २८ रन बनाए । त्यस्तै म्याथ्यु क्रसले २७, रिची वेरिङ्टन २३, ब्रेन्डन म्याकमुलनले १९ रन बनाए ।

अस्ट्रेलियाका लागि सन एबोटले तीन विकेट लिए । त्यस्तै जेभियर बार्टलेट र एडम जाम्पाले समान २ तथा क्यामरन ग्रिन र राईली मेरिडेथले समान १ विकेट लिए ।

योसँगै अस्ट्रेलियाले ३ खेलको सिरिजमा १(० को अग्रता बनाएको छ । सिरिजको दोस्रो खेल शुक्रबार र तेस्रो खेल शनिबार हुनेछ ।