समाचार

केराबारी गाउँपालिकाका क्रसरमा ज्यानमारा खाल्डो, लियो दुई बालकको ज्यान

By खबरहब

October 04, 2024

विराटनगर– मोरङको केराबारी गाउँपालिका-८ मा सञ्चालित क्रसरले खनेको खाल्डोमा डुबेर दुई जना नाबालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा केराबारी-८ का तोयानाथ चौलागाईंका छोराहरू ६ वर्षीय रामचरण र १० वर्षीय भूपेन चौलागाईं छन्। उनीहरूको बुधबार दिउँसो क्रसले खनेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए।

मृत फेला परेका नाबालकका बुवा तोयानाथ त्यही क्रसरमा काम गर्ने गरेका थिए। 

नाबालकहरु क्रसरको खाल्डोमा डुबेर बेपत्ता भएको जानकारी प्रहरीले दिउँसो ३:४० बजेतिर पाएको थियो। इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको कृष्णबहादुर खत्रीको नेतृत्वमा गएको टोलीले सुरूमा ६ वर्षीय रामचरणको शव खाल्डोबाट निकालेको थियो। पानी जमेको खाल्डोमा घोप्टो परेर मृत्यु भएको अवस्थामा उनको शव भेटिएको थियो।

(न्युज कारखानाबाट)