फाइल तस्वीर

समाचार

हात्तीको आक्रमणबाट माउतेको मृत्यु

By खबरहब

October 04, 2024

भरतपुर– चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ ।

पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो ।

‘खोरसोर नजिकको पुल क्रस गरेर आउँदै हुनुहुँदोरहेछ । सिमलको रुखमुनि बसेको हात्तीले आक्रमण गर्दा उहाँको मत्यु भयो’, निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरले भने । 

जग्दुका साथमा रहेका एक जना भने भागेर बाँच्न सफल भएका छन्  ।