समाचार

बढी भाडा लिने ६ वटा गाडीका चालक र सह-चालक पक्राउ

By खबरहब

October 04, 2024

काठमाडौं- प्रहरीले विभिन्न रुटका बढी भाडा लिने सवारी साधनका चालक र सह-चालकलाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौंबाट तनहुँ, लमजुङ र पोखरा जाने ६ वटा हायसका तीनजना चालक र तीन सहचालकलाई पक्राउ गरेको हो ।

उनीहरूले तोकिएकोभन्दा दोब्बर भाडा लिएको यात्रूहरूले उजुरी गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

हायस सञ्चालकले काठमाडौंबाट पोखराको भाडा ७५० तोकिएकोमा १५ सय रुपैयाँ लिएको पाइएको छ ।