सांकेतिक तस्बिर

समाचार

बढी भाडा लिने हाइसका चालक र सहचालक पक्राउ

By खबरहब

October 04, 2024

काठमाडौं– प्रहरीले बढी भाडा लिने सवारी साधनका चालक र सहचालकलाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौँबाट तनहुँ, लमजुङ र पोखरा जाने ६ हाइसका तीन चालक र तीन सहचालकलाई पक्राउ गरेको हो । उनीहरूले तोकिएको भन्दा दोब्बर भाडा लिएको यात्रुहरूले उजुरी गरेपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

हाइसले पोखराको भाडा ७५० तोकिएकोमा १५ सयसम्म लिएको पाइएको छ ।