फाइल फोटो

समाचार

दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

By खबरहब

October 04, 2024

नवलपरासी – पश्चिम नवलपरासीको दाउन्नेमा आज साँझ सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।

जिल्लाको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले बताए ।

सूचना अधिकारी बोहराका अनुसार सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त प्रयास भइरहेको छ । सडक सर्मत गरेर सवारी साधन सञ्चालन गर्नका लागि समय लाग्ने उनले जानकारी दिए।