काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेललाई देखिएको प्रोस्टेटसम्बन्धी समस्याको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रिया गरिएको छ।
प्रोस्टेटसम्बन्धी समस्या देखिएपछि बुधबार सबेरै बिहान उपचारका लागि भर्ना भएका राष्ट्रपति पौडेलको सफलतापूर्वक शल्यक्रिया गरिएको उनको सचिवालयले जनाएको छ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिको शरीरमा देखिएको प्रोस्टेटसम्बन्धी समस्याको आधुनिक प्रविधिबाट शल्यक्रिया (बीपोलार टीयुआरपी) सफलतापूर्वक सम्पन्न भएको हो । गुरुङका अनुसार पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।