काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको दोस्रो खेल लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबीच जारी छ । लुम्बिनी लायन्सले चौथो ओभरको पहिलो बलमा पहिलो विकेटका रुपमा ओपनर आशुतोष घिराइयालाई गुमाएको छ ।
रनआउट भएका आशुतोष १३ बल खेलेर १५ रन जोडेका थिए । उनले दुई चौका र एक छक्का प्रहार गरे । पाँचौ ओभरको समाप्तिमा लुम्बिनी एक विकेटको क्षतिमा ३६ रनको अवस्थामा छ ।
कीर्तिपुर मैदानमा विराटनगरले टस जितेर लुम्बिनीलाई पहिलो ब्याटिङको निम्तो दिएको छ ।
प्रतियोगितामा लुम्बिनीको यो पहिलो खेल हो । उता विराटनगरको भने यो तेस्रो खेल हो । गत शनिबारको उद्घाटन खेलमा जनकपुर बोल्ड्सले विराटनगरलाई ८ विकेटले पराजित गरेको थियो ।
दोस्रो खेलमा भने विराटनगरमाथि सुदूरपश्चिम रोयल्सले ९० रनको फराकिलो जीत निकालेको थियो ।