समाचार

नेपाल प्रहरीका ४०९२ सहायक हवल्दारको सरुवा

By खबरहब

January 05, 2024

काठमाडौं –  नेपाल प्रहरीले एकै चोटी ठूलो सङ्ख्यामा सहायक हवलदारको सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालयले बिहीबार चार हजार ९२ सहायक हवल्दार सरुवा गर्ने निर्णय गरेको हो ।

प्रहरी प्रधान कार्यालयले आवश्यकताअनुसार सरुवा गर्नुपर्ने भएकाले माघ महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने व्यवस्था मिलाइएको जनाएको छ ।

कार्यालयले सोही अनुसार ४०९२ सहायक हवल्दारलाई अभिलेखमा जनाइदिन पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय कितावखानालाई अनुरोध गरेको छ ।

को–कहाँ पुगे सूची हेर्नुहोस् :