ब्रेकिङ स्टोरी

त्रिविमा खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

By खबरहब

January 05, 2024

काठमाडौं–  त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न दरखास्त आह्वान गरेको छ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाका लागि आवेदन माग गरेको हो।

आज प्रकाशित सूचना अनुसार, त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि स्नातकोत्तर र विद्यावारिधि तहको शैक्षिक योग्यता भई विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तिमा तीन वर्ष काम  गरेको हुनुपर्ने उल्लेख गरेको छ। 

यसैगरी आवेदकहरूले विश्वविद्यालय सुधारका लागि सोचपत्र तथा चार वर्षे व्यवसायिक कार्ययोजना समेत प्रस्तुत गर्नुपर्ने छ।