समाचार

राष्ट्रपति पौडेल तनहुँमा

By खबरहब

January 05, 2024

दमौली– राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ आएका छन्। भानु नगरपालिका–७ स्थित पुर्कोट माध्यमिक विद्यालयको शत्वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन उनी यहाँ आएका हुन् । 

राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले स्वागत गरे । 

राष्ट्रपति पौडेल यसअघि गत असोज ६ गते पनि दमौली सभाहल उद्घाटनका लागि तनहुँ आएका थिए ।