समाचार

फर्किए भारतीय विदेशमन्त्री एस जयशंकर

By खबरहब

January 05, 2024

काठमाडौं– नेपालको दुई दिने भ्रमण पूरा गरी भारतीय विदेशमन्त्री एस जयशंकर आज स्वदेश फर्किएका छन । जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले बिदाई गरे । 

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन आएका जयशंकरले हिजो उच्चस्तरीय भेटवार्ता गरेका थिए । यस्तै आयोगको बैठकपछि नेपाल र भारतबीच भएका विभिन्न सहमति तथा समझदारी आदानप्रदान भएको थियो । 

स्वदेश फर्किनुअघि जयशंकरले आज बिहान पशुपतिनाथ मन्दिर परिसरको दर्शन गर्नुका साथै त्रिभुवन विश्वविद्यालयको पुस्तकालयको उद्घाटन पनि गरेका थिए ।