राजनीति

एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे रवि लामिछाने

By खबरहब

January 05, 2024

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न लामिछाने बालकोट पुगेका हुन ।

च्यासलमा एमाले केन्द्रीय सचिवालय बैठक बस्नै लाग्दा ओलीसँग वार्ता गर्न लामिछाने बालकोट पुगेका हुन ।

एमालेले आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि सत्ता गठबन्धनसँग पनि वार्ता गरिरहेको छ । एमालेले आफूलाई ६ सिट चाहिने बताएको छ ।

आगामी फागुनदेखि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहित एमालेका ८ जना राष्ट्रियसभाका सदस्य बिदा हुँदैछन ।