देश/प्रदेश

मेलम्चीको पानी माग्दै खाली गाग्री लिएर ललितपुरबासीले गरे प्रदर्शन

By खबरहब

January 05, 2024

काठमाडौं- मेलम्चीको पानी वितरण गर्नुपर्ने भन्दै ललितपुरबासीले खाली गाग्रीसहित ललितपुरमा प्रदर्शन गरेका छन् ।

मेलम्चीको पानी तुरुन्त खोल्न आग्रह गर्दै काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समिति, ललितपुरले शुक्रबार मंगलबजारदेखि लगनखेलसम्म प्रदर्शन गरेका हुन् ।

उनीहरुले मेलम्ची खानेपानीमाथिको चलखेल बन्द गरी निरन्तर पानी आउने व्यवस्था मिलाउन माग गरेका छन् । प्रदर्शनमा सहभागीहरुले पानीमा भ्रष्टाचार बन्द गर, भ्रष्टाचारी सरकार राजीनामा दे, तुरुन्तै मेलम्चीको पानी खोली दे लगाएतका नारा लगाउदै खाली गाग्री र भाँडो प्रदर्शन गरेका थिए ।

मेलम्चीको पानी आउन नसक्दा खानेपानीमा समस्या भएकाले तत्काल जनताको माग सरकारले सुनुवाई गर्नुपर्ने उनीहरुको भनाइ छ ।