फाइल फोटो

अपराध

चार किलो गाँजासहित दुई जना पक्राउ

By खबरहब

January 05, 2024

‍‍‍‍‍‍‍‍‍‍‍‍‍मकवानपुर– हेटौंडाबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोसहित दुई जनालाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत मोतिहारी बस्ने ३७ वर्षीय जितेन्द्र जैसवाल र ३७ वर्षीय मनोज कुमार रहेका छन् ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ना.४ ख ५९२२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई शरीरमा लुकाई ल्याएको उक्त गाँजासहित पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।