अपराध

मलेसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

By खबरहब

January 05, 2024

काठमाडौं– मलेसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा घर भई जडीबुटी बस्ने २९  वर्षीय दिलीप शाह रहेका छन् ।

शाहले संजय शाह समेतलाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति २ लाख २० हजार रुपैयाँ लाग्छ र मलेसिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक ६० हजार रुपैयाँ तलव हुन्छ भनी प्रलोभनमा पारी १ लाख १० हजार ५ सय रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनको खोजतलास गर्ने क्रममा बिहीबार सिनामंगलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।