सांकेतिक तस्बिर

अपराध

ज्यान मार्ने धम्की दिएर पैसा मागेकाे आरोपमा एक जना पक्राउ

By खबरहब

January 05, 2024

रौतहट– ज्यान मार्ने धम्की दिई रकम मागेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फतुवा बिजयपुर नगरपालिका-८ बस्ने ३५ वर्षीय श्रीभगवान साह रहेका छन् ।

एक व्यापारीलाई पटक पटक फोन गरी उनी र उनका छोरा छोरीलाई ज्यान मार्ने धम्की दिई ५ लाखदेखि ५० लाख रुपैयाँसम्म रकम माग गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न साहलाई पक्राउ गरेको हो ।

साथै सोही घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी गरिरहेको प्रहरीले जनाएको छ । उनी उपर आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।