राजनीति

भारतीय दूतावासले समानान्तर सरकार चलाउन खोज्यो : कमल थापा

By खबरहब

January 05, 2024

वीरेन्द्रनगर- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भारतले नेपालका योजनाहरुमा राजदूतावासमार्फत सीधा २० करोडसम्म खर्च गर्नसक्ने प्रावधानले राष्ट्रियता कमजोर हुने बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा पार्टी प्रशिक्षण कार्यक्रममा आएका अध्यक्ष थापाले पत्रकार भेटघाटनमा विगतमा ५ करोडसम्मका आयोजनाहरुमा सीधा खर्च गर्दै आएको भारतीय दूतावासले अहिले २० करोड खर्च गर्नुले नेपालमा समानान्तर सरकार चलाएजस्तो भएको टिप्पणी गरेका हुन् ।

उनले नेपाल सरकार मातहत भएर खर्च गर्नुपर्ने ठाउँमा भारतीय दूतावासले सीधा योजनामा खर्च गर्न पाउने व्यवस्थाप्रति राप्रपा नेपालले खेद प्रकट गरेको बताए ।

‘सीधा लगानी हेर्दा नेपालमा भारतले समनन्तर सरकार चलाएको झझल्को दिएको छ ।’ अध्यक्ष थापाले भने, ‘नेपाल सरकारमार्फत विकास तथा अन्य योजनाहरुमा भारतले काम गर्नुपर्छ ।’