फाइल तस्बिर

ब्रेकिङ स्टोरी

टी-२० विश्वकपमा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्ससँगै नेपाल समूह ‘डी’ मा

By खबरहब

January 05, 2024

काठमाडौं- यसै वर्ष आयोजना हुने आईसीसी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । आईसीसीले शुक्रबार सार्वजनिक गरेको तालिकामा नेपालसँगै समूह ‘डी’ मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स रहेका छन् ।

आईसीसीले सार्वजनिक गरेको  तालिका अनुसार समूह ‘ए’ मा भारत पाकिस्तान, आयरल्याण्ड, क्यानाडा र अमेरिका छन् भने समूह ‘बी’ मा इङ्ल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमन छन् । त्यसैगरी, समूह ‘सी’ मा न्युजिल्याण्ड, वेस्ट इण्डिज, अफगानिस्तान, युगाण्डा र पपुवा न्युगिनी छन् । हरेक समूहका शीर्ष दुई टिम सुपर ८ मा पुग्नेछन् ।

टी-२० विश्वकप यसै वर्षको जुन महिनामा अमेरिका र वेस्ट इण्डिजमा हुनेछ ।