फाइल तस्वीर

अन्तर्राष्ट्रिय

चीनले आर्थिक मनोमानी गर्‍यो : ताइवान

By खबरहब

January 05, 2024

ताइपेई- ताइवानले चीनमाथि आर्थिक रुपमा मनोमानी गरेको आरोप लगाएको छ । चीनले ताइवानबाट आयात हुने केही रासायनिक पदार्थको भन्सार महशुल बढाएपछि ताइवानले चीनमाथि आर्थिक मनोमानी गरेको आरोप लगाएको हो ।

ताइवानले व्यापार सम्झौता उल्लङ्घन गरेको भन्दै चीनले केही रासायनिक पदार्थको भन्सार महशुल बढाएको हो । चीनको अर्थ मन्त्रालयले जनवरी १ देखि लागू हुनेगरी ताइवानबाट आयात हुने १२ वटा वस्तुहरुमा यसअघि दिँदै आएको भन्सार छुट स्थगित गर्ने घोषणा गरेको थियो ।

ताइवानमा हुन लागेको राष्ट्रपतीय निर्वाचनलाई लक्षित गर्दै चीनले यस्तो कदम चालेको हुनसक्ने विश्लेषण गरिएको छ । ताइवानमा आगामी जनवरी १३ मा राष्ट्रपतीय निर्वाचन हुँदैछ । चीनले ताइवानलाई आफ्नै मुलुकको एक हिस्सा मान्दै आएको छ भने आवश्यक परे बल प्रयोग गरेर मुख्यभूमिमा गाभ्ने बताउँदै आएको छ ।