खेलकुद

वेस्टह्याम माथि म्यानचेस्टर युनाइटेडको सानदार जित

By खबरहब

February 05, 2024

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित निकालेको छ ।

गएराती सम्पन्न खेलमा वेस्टह्यामलाई ३–० गोलले हराउँदै म्यानचेस्टर युनाइटेडले सानदार जित निकालेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचोले २ गोल गरेका थिए भने रासमस होजलण्डले एक गोल थपेका थिए ।

यो जितसँगै म्यानचेस्टर युनाइटेड २३ खेलबाट ३८ अंकका साथ छैटौँ स्थानमा उक्लिएको छ ।

पराजित भएको वेस्टह्याम युनाइटेड ३६ अंकसहित सातौं स्थानमा रहेको छ ।