खेलकुद

इंग्लिस प्रिमियर लिग : आर्सनलद्वारा लिभरपुल पराजित

By खबरहब

February 05, 2024

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलमाथि आर्सनलले सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा शीर्षस्थानमा रहेको लिभरपुललाई ३–१ गोलले हराउँदै आर्सनल विजयी भएको हो ।

आर्सनलका बुकायो साका, ग्याब्रिएल मार्टिनेली, लियान्ड्रो ट्रोसार्डले एक–एक गोल गरेका थिए । लिभरपुलका लागि एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भएको थियो ।

यो खेलसँगै २३ खेलबाट ४९ अंक जोडेको आर्सनल दोस्रो स्थानमा छ । पराजित भएको आर्सनल ५१ अंकसहित शीर्ष स्थानमा छ ।