सांकेतिक तस्वीर

समाचार

आगो ताप्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

By खबरहब

February 05, 2024

डडेल्धुरा– डडेल्धुराको अमरगढी-१ मा गएराति आगो ताप्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने सासू बुहारी हुन् ।

एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए । सोही आगोको कोइलाका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । मृत्यु हुनेमा अमरगढी नगरपालिका-१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कुसुम नायकले जानकारी दिए।

उनका अनुसार राति कोठामा आगोको कोइला ताप्ने क्रममा निसास्सिएर उनीहरूको मृत्यु भएको खुलेको छ । बेहोस अवस्थामा फेला परेका दुवैलाई घरपरिवार र आफन्तको सहयोगमा आज बिहान अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए । 

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।