समाचार

सदनलाई सत्ता टिकाउने माध्यम बनाए हामी खबरदारी गर्छौँ : रवि लामिछाने

By खबरहब

February 05, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सदनलाई सत्ता टिकाउने माध्यममात्रै बनाए रास्वपाले कडा खबरदारी गर्ने बताएका छन् ।

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले अहिलेको अधिवेशनमा जनताको जनजिविकासम्बन्धी विधेयकलाई सरकारले प्राथमिकता दिनुपर्ने भन्दै त्यसो हुन नसके रास्वपाले कडा खबरदारी गर्ने बताएका हुन् ।

त्यस्तै उनले संविधान कार्यान्वयनका लागि बनाउनुपर्ने कानूनहरूलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने धारणा राखे । सरकारले जनचासोका विधेयकहरू सदनमा ल्याउन नसके रास्वापाका सांसदहरुले निजी विधेयकहरू सदनमा लैजाने उनले बताए ।

उनले सदनलाई जनउत्तरदायि बनाउन रास्वपाले प्रभावकारी भूमिका खेल्ने धारणा राखे ।