देश/प्रदेश

जुम्लाको लुम नदीमा पक्की पुल निर्माण हुँदै

By खबरहब

February 05, 2024

जुम्ला – जुम्लाको पातारासी गाउँपालिकास्थित लुम नदीमाथि पक्की पुल निर्माण हुने भएको छ । यसअघि यहाँका स्थानीयबासी सो नदीमा बनेको काठेपुलबाट आवतजावत गर्ने गरेका थिए ।

कर्णाली प्रदेशको अर्थ मन्त्रालयबाट रु सात करोड १९ लाखको लागतमा पक्की पुल निर्माणको काम अगाडि बढेको पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए ।

प्रदेश सरकारसँग निरन्तर अनुरोध गरेपछि सो ठाउँमा पक्की पुल निर्माण हुने भएको छ । गाउँपालिका अध्यक्ष बोहोराले भने, “पहिले काठको पुल रहेको ठाउँमा पक्की पुल बन्ने भएपछि पातारासीका स्थनीयबासीलाई राहत हुनेछ ।”

उक्त काठको पुलबाट सवारी साधन चल्ने गरेका थियो । काठेपुल पटक–पटक भत्किएकाले आवतजावत गर्नका लागि सवारी साधनदेखि पालिकाका नागरिकलाई असहज हुने गरेको गाउँपालिका अध्यक्ष बोहोराले बताए ।