अन्तर्राष्ट्रिय

उत्तरपश्चिम पाकिस्तानको चुनावी मतदान केन्द्रमा आक्रमण

By खबरहब

February 05, 2024

इस्लामाबाद– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमबार बिहान अज्ञात समुहले एउटा चुनावी मतदान केन्द्रमा आक्रमण गरेका छन् ।

प्रान्तको लक्की मारवाट जिल्लाको एउटा प्राथमिक विद्यालयमा स्थापना गरिएको मतदान केन्द्रमा करिब पाँचदेखि छ जना आतङ्ककारीले आक्रमण गरी सुरक्षा अवस्था र निर्वाचनको अनुगमन गर्न स्टेशनमा जडान गरिएका निगरानी क्यामेराहरू तोडफोड गरेका छन्।

मतदान केन्द्रलाई प्रदेशकै अतिसंवेदनशील केन्द्र घोषणा गरिएको र सोही अनुसार क्यामेरा जडान गरिएको स्रोतले जनाएको छ ।अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

पाकिस्तानमा फेब्रुअरी ८ मा आमचुनाव हुने छ जसमा करिब १२ करोड ७० लाख मतदाताहरूले देशभरका ८५९ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय र प्रान्तीय सभाका उम्मेदवारहरूलाई मतदान गर्ने पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ।