खेलकुद

आसिफ सेख ४७ रनमा आउट

By खबरहब

March 05, 2024

काठमाडौं – त्रिदेशीय टी–२० सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालका ओपनर आसिफ सेख ४७ रनमा आउट भएका छन् ।

तेस्रो विकेटको रुपमा पभेलिएन फर्केका सेखले ३७ बलमा तीन छक्का र एक चौका प्रहार गरे । यसअघि नेपालका कप्तान रोहितकुमार पौडेल २५ र कुशल भुर्तेल २० रनमा आउट भएका थिए ।

टस जितेर ब्याटिङ रोजेको नेपाल लगातार जीत निकाल्दै उपाधि आफ्नो पक्षमा पार्न चाहन्छ । त्रिदेशीय सिरिजको पहिलो खेलमा नामिबियासँग हारेको नेपाल दोस्रो खेलमा नेदरल्याण्डसँग २ रनको झिनो अन्तरले पराजित भएको थियो ।

त्यसयता लगातार दुई खेलमा जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो ।