खेलकुद

कुशल मल्लले लिए एकै ओभरमा नेदरल्याण्ड्सको दुई विकेट

By खबरहब

March 05, 2024

काठमाडौं – त्रिदेशीय टी–२० सिरिजको फाइनलमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले एकै ओभरमा दुई विकेट गुमाएको छ ।

नेपालका कुशल मल्लले नेदरल्याण्ड्सका म्याक्स वो डाउन र माइकल लेभिटको विकेट लिए ।

पहिलो विकेटको रुपमा म्याक्स वो डाउनलाई २२ रनमा दिपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराएका मल्लले दोस्रा विकेटको रुपमा माइकल लेभटिलाई ५४ रनमा कप्तान रोहित पौडेलबाट क्याट आउट गराए ।