ब्रेकिङ स्टोरी

नेता भन्छन्- गठबन्धनको भागबण्डा आजै टुङ्गिदैन

By खबरहब

March 05, 2024

काठमाडौं- नयाँ सत्ता गठबन्धनको भागबन्डा आजै नटुङ्गिने देखिएको छ । अन्य दललाई पनि समेट्नुपर्ने भएकाले आजै भागबन्डा टुङ्गिने सम्भावना नरहेको बताइएको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र जनता समाजवादी पार्टीको औपचारिक बैठक बसिरहेको भएपनि भागबण्डा आजै टुङ्गिने सम्भावना नरहेको गठबन्धन दलका नेताको भनाइ छ । माओवादी महासचिव देव गुरुङले भने, ‘छलफल चलिरहेको छ । आज सबै कुरा निर्णय नहुन पनि सक्छ ।’

यस्तै एमाले उपाध्यक्ष ईश्वर पोखरेलले पनि आज सबै भागबन्डा टुङ्गिने सम्भावना नरहेको बताए । उनले भने, ‘साथीहरू लाग्नु भएको छ । आज सबै निर्णय आउला भन्ने छैन । सबै छलफल गर्नुपर्‍यो नि ।’

जसपा प्रवक्ता मनिस सुमनका अनुसार प्रदेश र केन्द्रमा पनि शक्तिको बाँडफाँट गर्नुपर्ने भएकाले समय लाग्ने बताइएको छ ।