राजनीति

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु, तीन एजेण्डामा छलफल हुने

By खबरहब

March 05, 2024

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवा निकास बूढानीलकण्ठमा बैठक सुरु भएको प्रवत्ता तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

उनले भने, ‘पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रियसभा अध्यक्षको निर्वाचन र कांग्रेस महासमिति बैठकको बारेमा छलफल हुन्छ ।’

उनका अनुसार आजको बैठकले राष्ट्रियसभाको उम्मेदवार कसलाई बनाउने भन्नेबारे व्यापक छलफल गर्नेछ । यसबाहेक सात दलीय सत्ता गठबन्धन टुट्नको कारणबारे पनि सभापतिले जानकारी गराउने छन् ।

यस्तै, कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको समर्थन फिर्ता लिने समेत तयारी गरेको छ । यसको निर्णय आजको बैठकमा हुनसक्ने बताइएको छ ।