फाइल तस्वीर

राजनीति

सरकारमा सहभागिताबारे नेकपा एकीकृत समाजवादीले बुधबार निर्णय लिने

By खबरहब

March 05, 2024

काठमाडौं- नेकपा एकीकृत समाजवादीले बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय बैठक बोलाएको छ ।

नयाँ सत्ता समीकरणको सहभागी हुन प्रस्ताव आएपछि समाजवादीले बैठक बोलाएको हो ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भने अहिले पार्टी सरकारमा जाने या नजाने प्रमुख विषय नभएको बताउँछन् । उनले खबरहबलाई भने, ‘पार्टी बैठक बसेर औपचारिक प्रस्ताव भएको रहेछ भने सोच्ने कुरा हो । एजेन्डा मिलेन भने यत्तिकै सरकारमा गइँदैन ।’

बुधबार बस्ने बैठकले निर्णय गरेपश्चात् सरकारमा जाने नजाने टुङ्गो लाग्ने नेताहरूको भनाइ छ ।

बिहान एमाले अध्यक्ष ओलीले माधवकुमार नेपाललाई फोन गरेर गठबन्धनका सामेल हुन भनेको बुझिएको छ । माओवादीले त सरकारमा लाने निर्णय नै गरेको छ । पछिल्लो समय एकीकृत समाजवादी र प्रधानमन्त्री प्रचण्डको छलफल भइरहेको बताइएको छ ।