मोरङमा किशोरीको विभत्स हत्या गरेको आरोपमा एक जना पक्राउ

By खबरहब

March 05, 2024

विराटनगर- एक किशोरीको विभत्स हत्या गरेको आरोपमा एक जना पक्राउ परेक छन्। पक्राउ पर्नेमा मोरङ ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन चौधरी रहेका छन् ।

किशोरीको शव पोस्टमार्टमको लागि धरानस्थित बिपि स्वास्थ्य प्रतिष्ठानमा राखिएको छ शवको पोस्टमार्टम भोली गरिने भएको छ ।

शौचालय जाने क्रममा उनीमाथि राति १०:३० बजेतिर धारिलो हतियार प्रहार गरिएको थियो ।

ज्ञानमति पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित दाजु मामाको छोरा विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएको खुलेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार उनी पथरी शनिश्चरे–१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत थिइन् ।