ब्रेकिङ स्टोरी

घर आएका ओली र प्रचण्डसँग माधव नेपालले गरे वाम एकताको माग

By खबरहब

March 05, 2024

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम एकताको माग गरेका छन् ।

भेटवार्ताका लागि आफ्नो निवास आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष ओलीसँगको कुराकानीमा उनले वाम एकता भएमात्रै आफ्नो पार्टी सरकारमा जाने अडान लिएका हुन् ।

कुराकानीका क्रममा उनले वाम एकताको माग गरेको अध्यक्ष नेपालको सचिवालयले पुष्टि गरेको छ ।

एकीकृत समाजवादीलाई पनि नयाँ सरकारमा सहभागी गराउने पहलस्वरुप ओली र प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका हुन् ।