समाचार

कर्णालीमा कांग्रेसका तीनै जना मन्त्रीले दिए राजीनामा

By खबरहब

March 05, 2024

सुर्खेत। कर्णाली सरकारमा सहभागी नेपाली काङ्ग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्।

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा पनि मन्त्रीहरूले राजीनामा दिएका हुन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनीहरूले राजीनामा दिएको जानकारी गराए।

कांग्रेसबाट अर्थमा बेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी र सामाजिक विकासमा खड्गबहादुर पोख्रेल मन्त्री थिए। उनीहरू गत वैशाखमा मन्त्री बनेका थिए ।

मार्ग प्रशस्त गर्नका लागि राजीनामा दिएको उनीहरुले बताएका छन् । कांग्रेसले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।