सूचना-प्रविधि

चल्न थाल्यो फेसबुक

By खबरहब

March 05, 2024

काठमाडौं ।  सामाजिक सञ्जाल फेसबुक, ईन्स्टाग्राम अवरुद्ध भएको करिब एक घण्टापछि चल्न थालेका छन् । नेपाली समयअनुसार मंगलबार राति ९ देखि करिब एक घण्टा मेटा प्लेटफमका फेसबुक, इन्स्टाग्राममा समस्या देखिएको थियो ।

एकाएक चल्दै गरेको फेसबुक लगआउट भएको थियो । यो समस्या विश्वभर नै देखिएको हो । यसबारे जानकारी दिँदै मेटाका प्रवक्ता एन्डी स्टोनले केही समयमा नै समस्या पूर्ण रुपमा समाधान हुने बताएका छन् ।

यसअघि पनि सन् २०२१ मा  ब्याकबोन राउटरहरूमा कन्फिगरेसन परिवर्तन हुँदा फेसबुक, इन्स्टाग्राममा समस्या आएको थियो ।

याे पनि…

फेसबुकमा समस्या, चलिरहेका प्रोफाइल अचानक ‘लगआउट’