समाचार

फेसबुकमा देखिएको समस्याबारे के भन्छन् मेटाका प्रवक्ता ?

By खबरहब

March 05, 2024

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, ईन्स्टाग्राम अवरुद्ध भएको करिब एक घण्टापछि चल्न थालेका छन् । नेपाली समयअनुसार मंगलबार राति ९ देखि करिब एक घण्टा मेटा प्लेटफमका फेसबुक, इन्स्टाग्राममा समस्या देखिएको थियो ।

एकाएक चल्दै गरेको फेसबुक लगआउट भएको थियो । यो समस्या विश्वभर नै देखिएको हो । यसबारे मेटाका प्रवक्ता एन्डी स्टोनले केही समयमा नै समस्या पूर्ण रुपमा समाधान हुने बताएका छन् ।

उनले लेखेका छन्, ‘प्रयोगकर्ताहरूलाई हाम्रा सेवाहरू प्रयोग गर्न समस्या भइरहेको छ। यसप्रति हामी सचेत छौं । अहिले यसमा काम गरिरहेका छौं । केही समयमा समस्या पूर्ण रुपमा समाधान हुने छ ।’

सामाजिक सञ्जाल एक्समार्फत उनले प्रयोगकर्ताहरुलाई धैर्य रहन आग्रह गरेका छन् । फेसबुक बन्द हुनुको कारण बारे भने स्टोनले कुनै जानकारी दिएका छैनन् ।

यसअघि पनि सन् २०२१ मा ब्याकबोन राउटरहरूमा कन्फिगरेसन परिवर्तन हुँदा फेसबुक, इन्स्टाग्राम ६ घण्टाभन्दा बढी समय बन्द भएका थिए ।

याे पनि…

फेसबुकमा समस्या, चलिरहेका प्रोफाइल अचानक ‘लगआउट’

चल्न थाल्यो फेसबुक