संसारका प्राय देशमा अहिले पौडीको ओलम्पिक छनोट जारी छ। जापान र बेलायत ओलम्पिक छनोटमा व्यस्त छन्। संसारका दुई महाशक्ति अमेरिका र अस्ट्रेलिया पनि ओलम्पिक छनोटको तयारीका व्यस्त छन्। पेरिस ओलम्पिकको पदक तालिकामा पौडीकै पदकले धेरै अर्थ राख्ने गर्छ। पौडीमा कुल ३५ स्पर्धा ओलम्पिकमा सहभागी छन्। नेपाल भने वर्षौँसम्म वाइल्ड कार्डको नाममा सहभागी हुँदै आएको छ।
देशको कुलीन घरानाका एकाध व्यक्तिलाई पदीय लाभ दिने भन्दा अन्य केही कुरामा पौडी संघले आफ्नो प्रभाव देखाउन सकेको छैन। यो प्रवृत्तिले नेपाली पौडी अझ लामो समय वाइल्ड कार्डमा निर्भर रहनुबाहेक छनोट मापदण्ड (क्वालीफिकेसन) टाइमको नजिक पुग्ने कुनै सम्भावना अझै देखा परेको छैन।
पौडी सङ्घको उपाध्यक्षमा नेपाली समाजका केही परिचित अनुहारको उपस्थिति छ। शिक्षा क्षेत्रका नाम चलेको व्यक्तित्व पौडी सङ्घमा उपस्थित भए पनि नेपाली पौडीले प्राज्ञिक स्वरूप पाएको छैन। नेपाल ओलम्पिक कमिटीको अफिसियल साइटका अनुसार पौडी सङ्घको पछिल्लो निर्वाचन २०७२/०६/२१ मा भएको हो।
आगामी वैशाख ८ गतेका लागि नेपाल पौडी सङ्घको साधारण सभाको मिति तय भएको छ। यो साधारण सभा लामो समयको गतिहीन यात्राको पहिचान गर्दै अघि बढ्ने बाटो भने पक्कै हो। यसै साधारण सभाको पूर्व सन्ध्यामा विश्व खेलकुदमा पौडी र नेपालमा यसको अवस्थाका बारे चर्चा गर्न सबै भन्दा जरुरी विषय हो।
देशको कुलीन घरानाका एकाध व्यक्तिलाई पदीय लाभ दिने भन्दा अन्य केही कुरामा पौडी संघले आफ्नो प्रभाव देखाउन सकेको छैन। यो प्रवृत्तिले नेपाली पौडी अझ लामो समय वाइल्ड कार्डमा निर्भर रहनुबाहेक छनोट मापदण्ड नजिक पुग्ने कुनै सम्भावना अझै देखा परेको छैन।
ओलम्पिक महोत्सवमा पौडी दोस्रो महत्त्वपूर्ण खेल हो। एथलेटिक्स वा पौडीमा सबै देशलाई सहयोग गर्ने नीतिका कारण नेपालले सहभागिता जनाउँदै आएको छ। तर नेपाल छनोटको सम्भावना शून्य रहेको खेल नै पौडी हो।
पौडीमा कमजोर दक्षिण एसिया एउटा संयोग के हो भने नेपाल मात्र होइन दक्षिण एसिया नै पौडीको अत्यन्त कमजोर क्षेत्र हो। अहिलेसम्म अन्तर्राष्ट्रिय मानचित्रमा दक्षिण एसियाको राम्रो प्रदर्शन भनेको सन् २०१९ मा भएको विश्व जुनियर च्याम्यिनसिपमा भारतका खेलाडीको फाइनल प्रवेश हो। त्यो समयमा भारतीय खेलाडी फाइनल प्रवेश भए पनि आठौँ स्थानमा सीमित रहे। दक्षिण एसियाली देश मध्य भारत क्रिकेट, चेस, हक्की, एथलेटिक्स, सुटिङ, ब्याडमिन्टन र बक्सिङमा अब्बल देश हो। यी खेलमा धेरै विश्व स्तरमा परिचित खेलाडी भारतमा छन्। यी खेलमा केही पाकिस्तानी तथा केही श्रीलंकन खेलाडी पनि छन्। साथमा स्क्वासमा विश्व स्तरमा पाकिस्तानको उपस्थिति राम्रै छ। पौडीमा भने दक्षिण एसियाकै कुनै प्रभाव छैन।
गौरीकाको चर्चा
कमजोर भएको फाइदा उठाएर विदेशमा बस्नेले दक्षिण एसियाली खेलकुदमा राम्रो नतिजा ल्याए पनि उनको स्तर पनि ओलम्पिक र विश्व च्याम्पियनसिपमा अझै छनोट हुने कुनै सम्भावना छैन। उनको उपस्थिति पनि वाइल्ड कार्डबाट नै हो।
अहिले विदेशमा बस्ने धेरै नेपालीले राष्ट्रिय कीर्तिमान कायम गरे पनि उनीहरू रहेको देशमा ती सबै औसत भन्दा माथिका खेलाडी होइनन्। तथापि उनीहरूले नेपालको राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।
संरचनाको अभाव
नेपालमा पौडी खेलको कुनै संरचना नै छैन। एउटा सातदोबाटोको पुलमा गर्मी महिनामा खुल्ने गरेको छ। अन्य लङ कोर्सको अभाव छ। सङ्घमा नेपालका नाम चलेका स्थापित व्यक्तिको उपस्थिति छ। उनीहरू यो समस्यामा मौन छन्।
हरेक वर्ष लङकोर्ष हिटिङ पुलको कुरा भए पनि यसको प्रभाव हुँदैन। नियमित अडिट रिपोर्ट हुने या नहुने कुराको छिनोफानो हुने स्थान साधारण सभा हो। वार्षिक साधारण सभा नै नगर्ने खेल सङ्घ पौडी हो। सो सङ्घका अध्यक्ष बज्राचार्य नेपाल ओलम्पिक कमिटीको उपाध्यक्ष छन्। पौडी सङ्घमा आर्थिक हैसियत दरिलो भएको तथा शिक्षा क्षेत्रका स्थापित व्यक्तित्व उमेश श्रेष्ठ र गीता राना उपाध्यक्ष छन्। नेपालको ठुलो शैक्षिक संस्था मध्ये एक लिटल एन्जलस स्कुलका प्रिन्सिपल मुकुन्द शर्मा पनि सोही सङ्घका सदस्य छन्।
यसका बाबजुद नियमित काम (अडिट, वार्षिक साधारण, अद्यावधिक) लगायत काम नहुँदा पनि मौन रहने गरेका छन्। यी विषयमा आवाज समेत उनीहरू उठाउन चाहदैनन्।
राष्ट्रिय च्याम्पियनसिप र गएको साग खेलसमेत सर्ट कोर्स (२५ मिटर पुल)मा भएको थियो। परन्तु पौडीमा एससिएम ओलम्पिक स्पर्धा नै होइन। ओलम्पिक स्पर्धा नै नभएको एससिएम ओलम्पिक शैलीको साग खेलमा प्रतिस्पर्धा गराएर विगतमा लाचारी पन देखाउने काम बज्राचार्य नेतृत्वको पौडी संघले गरेको थियो। १२ वर्षमा अध्यक्ष बज्राचार्यले शक्ति आफैमा सीमित गर्न अनेक प्रपञ्च गरेको आरोप पूर्व खेलाडी तथा हाल तदर्थ कमिटीमा सदस्य रहेका उमेश प्रधानको छ।
१२ वर्षमा अध्यक्ष बज्राचार्यले शक्ति आफैमा सीमित गर्न अनेक प्रपञ्च गरेको आरोप पूर्व खेलाडी तथा हाल तदर्थ कमिटीमा सदस्य रहेका उमेश प्रधानको छ।
उनकै अनुसार कुनै संरचना निर्माण गर्न सङ्घ असफल भएको छ। गत साउन ७ गते तीन महिनामा साधारण सभा गर्न बज्राचार्यको नेतृत्वको तदर्थ समिति गठन भएको थियो। तर धेरै लामो समयपछि वैशाख ८ गेतका लागि साधारण सभाको मिति तय भएको छ।
नेपाली खेलकुदमा धेरै सङ्घको साधारण सभा हुने र कुनै सही गतिविधि नभए पनि ढाकछोप गर्ने गरेको आरोप नेपाल ओलम्पिक कमिटीमाथि लाग्दै आएको छ।
कुनै जनशक्ति उत्पादन गर्न संघले पहल नै नगरेको आरोप समेत प्रधानले विगतमा लगाइसकेका छन्। नेपालको अवस्थाले सो कुरा प्रमाणित गरिसकेको छ।
संवेदननाहीन पौडी संघ मानवीय संवेदनाको सवालमासमेत पौडी सङ्घ कमजोर छ। संसारका कुनै देशमा प्राकृतिक प्रकोप वा युद्धका कारण ठुलो क्षति भएमा सहयोग गर्ने अन्तार्राष्ट्रिय महासङ्घको प्रचलन हो। नेपाल जस्तो गरिब देशमा यो अवस्था आएमा अन्तर्राष्ट्रिय महासङ्घको सहयोग नरहने सम्भावना नै रहँदैन। तर २०७२ मा नेपाली पौडीमा सबै भन्दा धेरै योगदान गर्ने जिल्ला सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित भयो। त्यस अवस्थामा समेत पौडी नेतृत्व मौन थियो। सोही समयदेखि पौडी सङ्घ नेतृत्व संवेदनाहीन र सामाजिक उत्तरदायित्व नभएको सङ्घको रूपमा पुष्टि भइसकेको थियो।
सोसियल रेस्पोन्सीबिललिटीका लागि बजेट सबै महासङ्घमा रहे पनि नेपाली पौडीले अहिलेसम्म त्यसका लागि पहल समेत गरेको छैन। ‘हामी सामान्य मानिसको जीवनमा पौडी सङ्घका अधिकारीको मतलब नै छैन। ‘काठमाडौँका ठुला घरानीया भन्दा बाहेक अन्यको जीवन नै सङ्घका धेरै जनालाई जीवन नै लाग्दैन’ हाल रहेको तदर्थ सीमितमा एक सदस्यले नाम नलेख्ने शर्तमा भने, ‘परम्परागत रूपले कर्मकाण्डी मात्र होइन थुप्रै विषयमा छलफल गर्नु आवश्यक छ।’