समाचार

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

By खबरहब

April 05, 2024

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाने भएका छन् । 

बहुचर्चित क्वार्ज क्रिष्टल गोरखा दरबार भित्रको पृथ्वीनारायण शाहको गद्दी भएको ठाउँमा प्रतिस्थापना गर्नको लागि प्रधानमन्त्री प्रचण्ड गोरखा जान लागेका हुन्। 

गत असार १४ गते गोरखा नगरपालिका – ७ सतिपिपलका राममाया शाहीको घरबाट क्वार्ज क्रिष्टल बरामद गरी जिल्ला प्रहरी कार्यालय गोरखाको एउटा कोठामा राखिएको थियो।