राजनीति

राष्ट्रपति पौडेल तनहुँमा

By खबरहब

April 05, 2024

दमौली– राष्ट्रपति रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ आइपुगेका छन् । तनहुँको भिमाद नगरपालिका-६ स्थित जनज्योति क्याम्पसको नवनिर्मित भवनको उद्घाटन तथा क्याम्पसको १६औँ वार्षिकोत्सव तथा पाँचौ अधिवेशनमा सहभागी हुनका लागि राष्ट्रपति आइपुगेका हुन् । 

कार्यक्रमलाई भव्य र सभ्य बनाउन सबै नगरवासीलाई कार्यक्रममा आमन्त्रण गरिएको छ । कार्यक्रम उद्घाटन अगाडि  भिमाद बजारमा विभिन्न सङ्घसंस्था, आमा समूह, युवा क्लब लगायतको सहभागितामा झाँकी प्रदर्शन गरिनेछ । 

विसं २०७३ सालमा शिलान्यास भई विसं २०७९ सालमा क्याम्पसको भवन निर्माण सम्पन्न भएको थियो । क्याम्पसमा भिमाद, घिरिङ, ऋषिङ लगायत आसपासका विद्यार्थी अध्ययनरत छन् । अधिवेशनले क्याम्पस सञ्चालक समितिको नयाँ नेतृत्व चयन गर्नेछ ।