राजनीति

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल 

By खबरहब

April 05, 2024

काठमाडौं– केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिमा विभिन्न मन्त्रालयसंग सम्बन्धीत विषयमा छलफल भएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको बैठकमा गृह, ऊर्जा, शिक्षा लगायतका मन्त्रालयहरूका सम्बन्धमा विधेयकमा रहेका विषयहरूमाथि छलफल भएको हो ।

छलफलका क्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले मन्त्रालयका विषयमा रहेका विषयहरूलाई छलफलबाट टुग्याएर विधेयकलाई अघि बढाउन सुझाव दिएका थिए ।

विधेयकमाथि आएका संशोधनहरूलाई समेत समावेश गरेर विधेयक अघि बढाउन उचित हुने उनीहरूको भनाइ छ । विभिन्न ७९ वटा कानुनलाई संशोधन गर्न उक्त विधेयक ल्याइएको हो ।