देश/प्रदेश

जिरी महोत्सव उद्घाटन समारोहमा देखाइयो मौलिक झाँकी (तस्बिरहरू)

By खबरहब

April 05, 2024

दोलखा– नेपालको स्वीट्जरल्याण्ड भनेर चिनिने जिरीले जिरी महोत्सवको उद्घाटन समारोहमा जिरीको मौलिक झाँकी प्रस्तुत गरेको छ ।

स्थानीय कला संस्कृतिमा जोड दिँदै दोस्रो जिरी महोत्सव सुरु भएको छ । झाँकी र्‍यालीमा जिरेल, नेवार, सुनुवारको प्रस्तुत गरिएको थियो ।

भौगोलिक हिसाबले काठमाडौं ब्याट १८८ किलोमिटर र सदरमुकाम चरिकोट ब्याट ५६ किलोमिटर टाढा छ भने जिरी समुद्र सतहबाट १७०० मिटर उचाइमा छ । पूर्व र दक्षिणमा गोकुलगंगा नगरपालिका, पश्चिममा वैतेश्वर गाउँपालिका, उत्तरमा गौरीशंकर गाउँपालिका रहेको छ ।

सन् १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिद नोर्गे शेपाले सगरमाथाको सफल आरोहण गरेपछि दोलखा र पूर्वी जिल्लाको पुरानो व्यापारिक केन्द्र सगरमाथाको प्रवेशद्वारको रूपमा ख्याति कमाएको थियो ।

तस्बिरहरू : 

नेपाल फोटो लाइब्रेरी