समाचार

सिएनआई वोमेन एक्स्पो २०८० शुरु

By खबरहब

April 05, 2024

काठमाडौं–  महिला उद्यमीहरूको सीप र दक्षता प्रयोग गरी उत्पादन गरेका सामग्रीहरूको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले विराटनगरमा आयोजना गरिएको ‘सिएनआई वोमेन एक्स्पो २०८०’ शुरु भएको छ ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेश महिला उद्यम समितिले आयोजना गरेको सो एक्स्पोको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले उद्घाटन गरिन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले हरेक मन्त्रालयको बजेट लैंगिक मैत्री हुनुपर्ने बताइन् । महिलामैत्री बजेट भए यसबाट महिलाहरूको विकास र उद्यमशीलतामा सहयोग पुग्ने उनले धारणा व्यक्त गरिन् ।

एक्स्पोमा हुम्लादेखि मोरङ सम्मका १० जिल्लाका कृषिजन्य, कपडा, उपभोग्य सामान, हस्तकला र पर्यटन प्रवर्द्धन सम्बन्धी सामग्रीहरूको प्रदर्शनी राखिएको छ । दुई दिन सम्म आयोजना हुने सो महिला एक्स्पोमा करिब २५ लाख रुपैयाँ बराबरको कारोबार हुने बताइएको छ ।