देश/प्रदेश

सात जिल्लामा फेरिए प्रहरी प्रमुख, १६ एसपीको सरुवा

By खबरहब

April 05, 2024

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७ वटा जिल्लाका प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । कार्यालयले सर्लाही, महोत्तरी, बाँके, धनुषा, बाराका प्रहरी प्रमुखलाई अवधि नै नपुगी सरुवा गरेको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा तुलबहादुर कार्कीलाई पठाइएको छ । त्यहाँ कार्यरत सुवास बोहरालाई फिर्ता बोलाइएको छ ।

त्यस्तै बारामा महेन्द्र खड्का, रौतहटमा दिलीप घिमिरे, सर्लाहीमा रविन्द्र सिंह र महोत्तरीमा नकुल पोखरेलको सरुवा भएको छ । भने नुवाकोटमा शान्तिराज कोइरालालाई सरुवा गरिएको छ । धनुषामा भुवनेश्वर तिवारीलाई पठाइएको छ ।