समाचार

बढुवा भएका आठ एसपीको जिम्मेवारी तोकियो

By खबरहब

April 05, 2024

काठमाडौं । प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका आठ एसपीको जिम्मेवारी तोकिएको छ ।

प्रहरी प्रधान कार्यलयले शुक्रबार साँझ उनीहरुको जिम्मेवारी तोकेको हो । नयाँ एसपीहरुलाई आज नै दर्ज्यानी चिह्न प्रदान गरिएको थियो ।

कार्यलयका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा अंगुर जिसीलाई पठाइएको छ। भने त्यहाँ कार्यरत नकुल पोखरेललाई महोत्तरी सरुवा गरिएको छ ।