ब्रेकिङ स्टोरी

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

By पवन मुडभरी

May 05, 2024

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र स्वास्थ्य फोक्सो, मुटुसँगै आँखामा पनि समस्या देखिन थालेको छ। ग्यासबाट निस्कने विषाक्त धुँवा, धुलोका कण, विषाक्त रसायन तथा दुर्गन्धका कारण वायु प्रदूषण बढिरहेको छ। सास फेर्ने क्रममा वायुसँगै यस्ता विषाक्त तत्त्व पनि हाम्रो शरीरमा प्रवेश भइरहेका हुन्छन्। हाम्रो आँखा प्रदूषित वायुको प्रत्यक्ष सम्पर्कमा हुन्छन्। हामी विषाक्त वायुले फोक्सोमा असर नहोस् भनेर मास्क प्रयोग गर्छौं, तर आँखाका लागि भने खासै ध्यान कसैले पनि दिएको हुँदैन। त्यसैले आँखामा पनि विभिन्न खालका समस्या देखिन थालेको चिकित्सक बताउँछन्।

आँखाको एलर्जी र संक्रमण बढ्दै अहिले वायु प्रदूषणसँगै मौसम परिवर्तनको समय छ। यो समयमा हावाहुरी चल्ने भएकाले धुलो पसेर पनि आँखामा समस्या हुन्छ।

हामी विषाक्त वायुले फोक्सोमा असर नहोस् भनेर मास्क प्रयोग गर्छौं, तर आँखाका लागि भने खासै ध्यान कसैले पनि दिएको हुँदैन। त्यसैले आँखामा विभिन्न खालका समस्या देखिन थालेको चिकित्सक बताउँछन्।

प्रदूषणका कारण हुने आँखाको समस्या हेर्दा सानो लाग्छ। तर यसले दैनिक जीवनमा भने प्रत्यक्ष प्रभाव पार्ने दृष्टि आई केयर सेण्टर कलंकीमा कार्यरत आँखा रोग विशेषज्ञ डा. सविता पालिखेको भनाइ छ। डा. पालिखेका अनुसार वायु प्रदूषणका कारण आँखामा संक्रमण हुने तथा आँखा सुख्खा हुने, पोल्ने, चिलाउने, बिझाउने र रातो हुने गर्छ। त्यतिमात्र होइन, सडकबाट उडेको बालुवा तथा धुलोका कण आँखामा टाँसिएमा त्यस्ता कण धोएर पनि पखालिदैनन्। त्यस्तो अवस्थामा अस्पताल पुग्नुको विकल्प हुँदैन।

वायु प्रदूषणका कारण आँखामा समस्या भएमा आँखाको एलर्जीसमेत हुन्छ। जसलाई चिकित्सकीय भाषामा ‘एलर्जीक कञ्जक्टिभाइटिस’ भनिन्छ। यसले आँखा पोल्ने, चिलाउने र रातो हुनेसँगै आँखाको संक्रमणसमेत गराउने हुन्छ। आँखाको संक्रमण भएका मानिस काम गर्न वा विद्यालय जान सक्दैनन्।

सामान्यतयाः हाम्रो आँखाको बिचमा आँसुको पत्र अर्थात् ‘टियर फिल्म’ हुन्छ। जसले आँसु बग्न तथा आँखाको सफाई गर्न मद्दत गर्छ। हावा नै प्रदूषित भएको खण्डमा त्यसले आँखाभित्र रहेको आँसुको पत्रलाई समेत प्रभाव पार्छ। जसबाट आँखामा संक्रमण हुन्छ। आँखा सुख्खा हुन्छ, पोल्छ, चिलाउँछ, बिझाउँछ र रातो हुन्छ। आँखा सुख्खा भएमा आँखा रातो हुन्छ, पोल्छ र बत्ती तथा उज्यालोमा हेर्नै नसक्ने हुन्छ।

हाम्रो आँखाको बिचमा आँसुको पत्र अर्थात् ‘टियर फिल्म’ हुन्छ। जसले आँसु बग्न तथा आँखाको सफाई गर्न मद्दत गर्छ। हावा नै प्रदूषित भएको खण्डमा त्यसले आँखाभित्र रहेको आँसुको पत्रलाई समेत प्रभाव पार्छ।

आँखामा धेरै किसिमका एलर्जी हुने गर्दछन्। एउटा सिजनल हुन्छ। जुन मौसम परिवर्तन हुँदा हुन्छ भने कसैलाई वर्षभर नै भइरहने हुन्छ। यो कस्तो हुन्छ भने कसैलाई केही कुराबाट एलर्जी हुन्छ जस्तै केही कुराको गन्ध, या कुनै अन्य कुरा हुनसक्छ।

औषधीको जथाभावी प्रयोगले दृष्टिमा समस्या आँखा भनेको मानिसको संवेदनशील अंग हो। यसमा औषधीको प्रयोग गर्दा विशेष ध्यान दिनुपर्ने हुन्छ।

एलर्जी हुँदा कडा खालको औषधी प्रयोग गर्ने गरेको पाइन्छ। जुन औषधी पसलमा सजिलै किन्न पाइन्छ। त्यसले आँखाको एलर्जीलाई तत्कालको लागि निको पार्छ। तर पछि गएर दृष्टिलाई नै असर पार्छ। कतिपय बिरामी हामीकहाँ आएर पनि भन्छन् तपाईंहरुले दिएको औषधीले निको नै भएन फार्मेसीको औषधीले छिटो निको भयो। यस्ता औषधी लामो समयसम्म प्रोग गर्यो भने पछि गएर आँखै नदेख्ने समस्या हुनसक्छ।

फाइल तस्बिर

त्यसैले औषधीको प्रयोग गर्दा ध्यान दिनु जरुरी छ। अर्को भनेको अहिले बालबालिकामा आँखा सम्बन्धी समस्या धेरै देखिन थालेको छ। विशेष गरे २/३ वर्षदेखि १५/१६ वर्षका बालबालिकामा आँखा रातो हुने, नानीमा घाउ हुने, पाक्ने, आँखा पोल्ने समस्या देखिन्छन्। यस्ता समस्या देखिएमा कुनै पनि फार्मेसीमा नदेखाएर आँखारोग विशेषज्ञकै सल्लाह अनुसार उपचार गराउनु राम्रो मानिन्छ।

कसरी बचाउने आँखा ? धुवाँ, धुलो र वायु प्रदूषणको अवस्था अहिले व्याप्त छ। यस्तो अवस्थामा बाहिर जाँदै नजानुस् भन्न त मिलेन। तर आफूले सक्ने उपाय अवलम्बन गर्नुपर्छ। बाहिर जानै परेमा चस्मा लगाउने, बाइक चढ्ने गरेको छ भने पैदल यात्रा गर्ने या गाडीमा यात्रा गर्ने गर्नुपर्छ। बाइकमा भन्दा गाडीमा धुलो र हावाले गर्ने असर अलि कम हुन्छ।

धुवाँ, धुलो र वायु प्रदूषणको अवस्था अहिले व्याप्त छ। यस्तो अवस्थामा बाहिर जानै परेमा चस्मा लगाउने, बाइक चढ्ने गरेको भए गाडीमा यात्रा गर्ने गर्नुपर्छ। बाइकमा भन्दा गाडीमा धुलो र हावाले गर्ने असर कम हुन्छ।

त्यस्तै समय समयमा आँखा सफा गर्ने गर्नुपर्छ। एलर्जी भइहाल्यो भने चिसो पानी या बरफले सेक्ने गर्नुपर्छ।

बालबालिका बढी प्रभावित हुने भएकाले एलर्जीको समस्या भएका बालबालिकालाई विद्यालयमा पनि चस्मा लगाउन दिनुपर्छ। क्याप टोपी मात्र लगायो भने पनि आँखालाई घामबाट जोगाउन सकिन्छ। बाहिरी क्रियाकलाप कम गराउने र हरेक व्यक्तिले केही सावधानी अपनाएमा आँखा जोगाउन सकिन्छ। (दृष्टि आई केयर सेण्टर कलंकीमा कार्यरत आँखा रोग विशेषज्ञ डा. सविता पालिखेसँग गरिएको कुराकानीमा आधारित)