देश/प्रदेश

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

By खबरहब

May 05, 2024

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको छ ।

भारतमा हुने लोकसभा चुनावका लागि नेपाल–भारत बोर्डर सिल गरिएकाले जयनगर–जनकपुर–भंगहा रेल सेवा बन्द गरिएको हो ।

भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा वैशाख २५ गते लोकसभा चुनाव हुँदैछ । चुनावको ४८ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जन झाले सूचना जारी गर्दै आइतबारदेखि मङ्गलबारसम्म तीन दिन जयनगर–जनकपुर–भंगहा खण्डमा सञ्चालित रेल्वे सेवा पूर्ण रुपमा बन्द रहने जानकारी दिए ।

इन्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्ने गरी नेपाल भारत दुवै पक्षको बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णय अनुसार रेल सेवा तीन दिन बन्द गरिएको सूचनामा उल्लेख छ ।