समाचार

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

By खबरहब

May 05, 2024

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणले एक सूचना जारी गरी काठमाडौंको कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्र अन्तर्गतका लाइनहरूमा विद्युत् अवरुद्ध हुने जनाएको हो ।

प्राधिकरणका अनुसार यी स्थानमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ ।