मनोरञ्जन

कोरियाका ३० कलाकार नेपालमा

By खबरहब

May 05, 2024

काठमाडौं– चलचित्र लगायत कला क्षेत्रका लागि दक्षिण कोरिया संसारकै अब्बल मानिन्छ । यसै सन्दर्भमा नेपाल–कोरिया सम्बन्धको ५० वर्ष पुगेको उपलक्ष्यमा दक्षिण कोरियाका ३० जना कलाकारले यसै साता नेपाल भ्रमण गरेका छन् ।

द्वीपक्षीय सम्बन्धको ५० औं वर्षको स्वर्ण महोत्सवको अवसरमा गणतन्त्र कोरियाली दूतावासले विश्वभरि ख्याती कमाएका ३० जना कलाकारलाई कोरियाबाट नेपालमा आमन्त्रण गरेको हो ।

यस अवसरमा कलाकारहरुले आफ्नो प्रदर्शनमार्फत नेपाली दर्शक एवं विभिन्न देशका कुटनीतिज्ञलाई मनोरञ्जनको अवसरसमेत दिलाएका थिए ।

कोरियाबाट आएका कलाकारहरुले के टाइगर्सको तेक्वान्दो नृत्य समावेस भएको कला प्रदर्शन गरेका थिए । त्यसैगरी ग्याम्बल्जर्क्युको बि बोई नृत्य प्रदर्शन गरिएको थियो ।

कोरिया सरकारले विगतदेखि नै नेपालका विभिन्न क्षेत्रमा सहयोग तथा साझेदारी गर्दै आएको छ ।

नेपाल र दक्षिण कोरियावीच सन् १९७४ मे १५ तारिखका दिन कूटनीतिक सम्वन्ध स्थापना भएको हो ।